Section 68
बौद्धिक सम्पत्ति उपरको अधिकार उल्लङ्वन गरी निकासी वा पैठारी हुन लागेको मालवस्तु रोक्रा गर्न निवेदन दिन सक्ने
(१) प्रचलित कानून बमोजिम कुनै व्यक्तिले प्राप्त गरेको पेटेण्ट, डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता बौद्धिक सम्पत्ति उपरको अधिकार उल्लङ्घन गरी कसैले कुनै मालवस्तु पैठारी वा निकासी गर्न लागेमा सराकोरवाला व्यक्तिले त्यस्तो निकासी वा पैठारी रोक्का गर्न प्रमाण सहित सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो मालवस्तु भन्सार कार्यालयमा रोक्का राखी सो सम्बन्धमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम लेखिआएमा त्यस्तो निकाय वा अधिकारीले सो सम्बन्धमा प्रचलित कानून बमोजिम कारबाही टुङ्गो लगाई भन्सार कार्यालयलाई जानकारी दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको निकाय वा अधिकारीले प्रचलित कानून बमोजिम कारबाही गर्दा त्यस्ता मालवस्तु जफत हुने ठहर गरेमा भन्सार अधिकृतले सो मालवस्तु त्यस्तो निकाय वा अधिकारी समक्ष बुझाइदिनु पर्नेछ ।